२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाएर १२५ रनमै समेटियो । ओमानको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा टोली नामिबियासँग पराजित भएको थियो ।

उसका लागि आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८ र सकिल अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले ३ तथा मिचेल स्टार्क, नाथन एलिस र आडम जाम्पाले २–२ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन जोड्यो । उसका लागि मार्कुस स्टोइनिसले ३६ बलमा ६७ रनको योगदान दिए । उनले ६ छक्का र २ चौका प्रहार गरे । यस्तै, डेभिड वार्नरले ५६, मिचेल मार्शले १४ र ट्रेभिस हेडले १२ रन जोडे ।

बलिङतर्फ ओमानका मेहरान खानले २ तथा बिलाल खान र कालेमुल्लाहले १–१ विकेट लिए ।




भर्खरै