२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका लागि विश्वकप जिताएका प्याट कमिन्स पानी दिँदै देखिए



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले टी-२० विश्वकप २०२४ को विजयी सुरुवात गरेको छ । पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

विश्वकपको पहिलो खेलमा प्याट कमिन्स मैदान बाहिर बसेका थिए । यतिबेला प्याट कमिन्सको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्विरमा प्याट कमिन्स ड्रिंक ब्रेकको समयमा पेय बोक्दै गरेको देखिन्छन्।

विश्वकप र आईसीसी टेस्ट च्याम्पियनसिप जितेका कप्तानले आफ्ना खेलाडीहरुलाई ड्रिंक बोकेर मैदानमा जादै गर्दा क्रिकेट फ्यानहरूले यो पल निकै विशेष रहेको बताएका छन् । कमिन्समा कुनै घमण्ड नरहेको भन्दै फ्यानहरुले उनको खुलेर तारिफ गरेका छन् ।

टी-२० विश्वकपमा अष्ट्रेलियाको कप्तानी अलराउन्डर मिचेल मार्सले गरेका छन् । ओमानविरुद्ध पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो । जवाफमा ओमानको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनाएको थियो ।