२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबर आजमले पछि पारे विराट कोहलीलाई



अ+ अ-

काठमाडौँ । २००९ को  विश्वच्याम्पियन पाकिस्तानले अमेरिकासँगको खेल गुमाउँदै हारबाट टी–२० विश्वकप २०२४ को सुरुवात गरेको छ ।

समूह ए को खेलमा २००९ को च्याम्पियन पाकिस्तानलाई अमेरिकाले सुपर ओभरमा पराजित गरेको हो ।

खेलमा कप्तान बाबर आजमले पाकिस्तानका लागि सर्वाधिक ४४ रन बनाएका थिए । योसँगै उनले कीर्तिमान कायम गर्दै भारतीय ब्याट्सम्यान विराट कोहलीलाई पछि पारेका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा बाबर सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । बाबरले ४०६७ रन बनाएका छन् । उनको उत्कृष्ट स्कोर १२२ रहेको छ । यस्तै, कोहली ४०३८ रनका साथ दोस्रो स्थानमा रहेका छन् । उनको पनि उत्कृष्ट स्कोर १२२ रहेको छ ।

यस्तै, भारतीय ब्याट्सम्यान रोहित शर्मा ४०२६ रनका साथ तेस्रो स्थानमा रहेका छन् । उनको उत्कृष्ट स्कोर अविजित १२१ रन रहेको छ ।