२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री सिंहद्वारा लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गर्नुभएको छ ।

शुक्रवार मधेस प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले शहीद तथा घाइते परिवारहरुका लागि प्रतिष्ठानबाट ठोस निर्णय गरेर अघि बढ्ने बताउनु भयो । उहाँले मधेस प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्न कृषिसम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने पनि घोषणा गर्नुभयो ।

उहाँले मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्ट तयार गर्ने, मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने बताउनु भयो । उहाँले वैदेशिक रोजगारबाट सिप सिकेर फर्किएका जनशक्तिको लागि निर्माण गरी श्रम बैंकका रुपमा परिचालन गर्दै सिपलाई रोजगारसँग जोड्ने कार्यक्रम ल्याउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शहीद तथा घाइते परिवारहरुको विषयमा जुन हाम्रो प्रतिष्ठान छ । त्यो प्रतिष्ठानबाट उहाँहरुको निम्ति ठोस निर्णय गरेर अघि बढ्नेछौँ । मधेस प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्न कृषिसम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने ।

मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्ट तयार गर्ने । मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने । वैदेशिक रोजगारबाट सिप सिकेर फर्किएका जनशक्तिको लागि निर्माण गरी श्रम बैंकका रुपमा परिचालन गर्दै सिपलाई रोजगारसँग जोड्ने कार्यक्रम ल्याउने ।

दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने । मधेसमा सुशासनको जग स्थापित गर्न खोजमुलक पत्रकारिता प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्न एवं मधेसमा दर्ता भएका मिडिया कार्यरत पत्रकारहरुको दुर्घटना बीमा गर्ने । मधेसको खेल क्षेत्रलाई गतिशिल बनाउन प्रदेश गौरवका आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने । प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता व्यवस्था गर्ने ।’

उहाँले मधेसमा सुशासनको जग स्थापित गर्न खोजमुलक पत्रकारिता प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्न एवं मधेसमा दर्ता भएका मिडिया कार्यरत पत्रकारहरुको दुर्घटना बीमा गर्ने घोषणा गर्नुभयो । उहाँले मधेसको खेल क्षेत्रलाई गतिशिल बनाउन प्रदेश गौरवका आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता व्यवस्था गर्ने बताउनु भयो ।