२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका,कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ



अ+ अ-

काठमाडौँ । अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिव १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो । तीन सय जना भन्दा बढी मानिसहरुसँग अमेरिका कम्बोडिया,न्यजिल्याण्ड,फ्रान्स लगायतका देशहरुमा पठाई दिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

उहाँले पक्राउ पर्नेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट,कास्की जिल्ला माछापुच्छे« गाउँपालिकाका २२ वर्षे नविन वि.क र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्तलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले अमेरिका पठाउने ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पनि पक्राउ गरिएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३ सय जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न भएर उनीहरुल विगत ३/४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको जानकारी दिनुभयो ।

उहाँले उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको बताउनु भयो । उहाँले पक्राउ पर्नेहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि बताउनु भयो ।

उहाँले प्रहरीमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढासँगै अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले पक्राउ पर्नेहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेण्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको बताउनु भयो ।