२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिर्जापुर ३’ को टिजर रिलिज, कहिले आउँदैछ तेस्रो सिजन ?



अ+ अ-

एजेन्सी । वेब सिरिज ‘मिर्जापुर’ को तेस्रो सिजनको टिजर सार्वजनिक भएको छ । डेढ मिनेटको यो टिजरमा मिर्जापुरलाई जङ्गल र त्यहाँ बस्ने मानिसलाई जनावरसँग तुलना गरिएको छ ।

सम्पूर्ण टिजरमा दुईवटा कुरा विशेष छन् । पहिलो त ‘कालिन भैया’ फर्किँदै छन् र उनलाई घाइते सिंह झैं प्रस्तुत गरिएको छ । दोस्रो, यस सिजनमा अघिल्लो सिजनका दड्डा त्यागी, शंकुतला शुक्ला र लाला जस्ता धेरै पात्रहरूले आफ्नो बदला लिनेछन् ।

टिजरमा सत्यानन्द त्रिपाठीको भूमिका निभाएका अभिनेता कुलभूषण खरबन्दको भ्वाइस ओभर सुनिएको छ ।

यसमा पंकज त्रिपाठी, अली फजल, रसिका दुग्गल, विजय वर्मा, श्वेता त्रिपाठी, ईशा तलवार, लिलिपुट, मेघना मलिक, मनु ऋषि र शीबा चड्डा आ–आफ्नो भूमिकामा देखिएका छन् ।

‘मिर्जापुर’ को पहिलो सिजन २०१८ मा र दोस्रो सिजन २०२० मा रिलिज भएको थियो । अब यसको तेस्रो सिजन जुलाई ५ मा रिलिज हुँदैछ ।