२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडालाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । पाकिस्तानले टी–२० विश्वकप २०२४ मा पहिलो जित हात पारेको छ । टोलीले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

न्युयोर्कको नासाउ क्रिकेट स्टेडियममा मंगलबार पाकिस्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनायो । जवाफमा पाकिस्तानले १७.३ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५३ रनको अर्धशतकीय पारी खेले । बलिङमा हरिस रउफ र मोहम्मद आमिरले २–२ विकेट लिए । क्यानडाका लागि ओपनर आरोन जोन्सनले ५२ रनको इनिङ खेले । डिलोन हेलिगरले २ विकेट लिए ।

पाकिस्तानका लागि सुपर–८ को आशा अझै बाँकी छ । एक जितसँगै टोलीले अंक तालिकामा २ अंक जोडेको छ ।

पाकिस्तानको इनिङ्स
१०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई २० रनको स्कोरमा पहिलो झट्का लागेको थियो । पाँचौं ओभरको दोस्रो बलमा हेलिगरले साइम अयुबलाई मोभ्वाले क्याच दिए । उनले ६ रन मात्र बनाउन सके । न्युयोर्कको स्लो पिचमा बाबर आजम र मोहम्मद रिजवानबीच उत्कृष्ट साझेदारी थियो ।

दुवैले ६२ बलको सामना गर्दै ६३ रनको साझेदारी गरे । १५ औं ओभरमा हेलागरले बाबरलाई आफ्नो शिकार बनाए । उनी ३३ बलमा ३३ रन बनाएर प्याभिलियन फर्किए ।

यस खेलमा फखर जमानले चार रन बनाएर अविजित रहे भने उस्मान खानले दुई रन बनाएर अविजित रहे । भने मोहम्मद रिजवानले ५३ रनको खेल जित्ने इनिङ खेले । यस क्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे । क्यानडाका लागि डिलन हेलिगरले दुई र जेरेमी गोर्डनले एक विकेट लिए ।

क्यानडाको इनिङ्स
टस हारेर पहिले ब्याटिङमा आएको क्यानडाको टोली पाकिस्तानी बलरसँग संघर्ष गरिरहेको थियो । यस खेलमा आरोन जोन्सन बाहेक क्यानडाका कुनै पनि ब्याट्सम्यानले राम्रो खेलेनन् । उनले ४४ बलमा ५२ रनको बलियो इनिङ खेले ।

यस क्रममा उनको ब्याटबाट चार चौका र त्यति नै छक्का निस्कियो । खेलमा नवनीतले चार, परगटले दुई, निकोलसले एक, श्रेयसले दुई, रविन्द्रपालले शून्य र साद बिन जफरले १० रन बनाए ।

कलिम साना १३ रन बनाएर अविजित रहे भने डिलन हेलिगरले ९ रन बनाएर अविजित रहे । पाकिस्तानका लागि मोहम्मद आमिर र हरिस रउफले २–२ विकेट लिए । यसबाहेक शाहिन शाह अफ्रिदी र नसिम शाहले एक–एक विकेट लिए ।

 




भर्खरै