२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हरायो, लक्ष्य ५.४ ओभरमै भेट्टायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा अष्ट्रेलियाले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराएको हो ।

योसँगै लगातार तेस्रो जित निकालेको अस्ट्रेलिया सुपर ८ मा प्रवेश गरेको छ ।

नामिबियाले दिएको लक्ष्य अष्ट्रेलियाले ५.३ ओभरमै भेट्टायो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले ८ बलमा २० रन जोड्दा ट्राभिस हेड १७ बलमा ३४ रनसहित अविजित रहे भने कप्तान मिचेल मार्श ९ बलमा १८ रनमा अविजित रहे ।

नामिबियाका लागि एकमात्र विकेट डेभिड विसेले लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङ थालेको नामिबिया १७ ओभरमा ७२ रनमै अलआउट भयो ।

उसका लागि कप्तान जेरहार्ड इरासमसले सर्वाधिक ३६ रन जोडे । यस्तै, माइकल भान लिंगेनले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो आँकडा छुन सकेनन् ।

नामिबियालाई सस्तैमा समेट्न अष्ट्रेलियाका आडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए भने जोस हेजलहुड र मार्कुस स्टोइनिसले २–२ तथा प्याट कमिन्स र नाथन एलिसले १–१ विकेट लिए ।