२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड



अ+ अ-

गोदार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबिबीएस) अध्ययन–अध्यापन कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज प्रतिष्ठानका उपकुलपति प्राडा अङ्कुर साह, रजिष्ट्रार प्राडा विनोदकुमार यादव र मातहतको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल डाइरेक्टर डा रामनरेश पण्डितसँगको छलफलमा उहाँले कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रममा समेत समावेश गरिसकेको जानकारी स्मरण गराउनुभयो ।

मङ्गलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्नुभएको मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२१ मा प्रतिष्ठानमा हाल सञ्चालनमा नरहेका शैक्षिक कार्यक्रम एमबिबीएस, बिडीएस, बी फार्मेसी, बिएमलटीलगायतका स्नातक कार्यक्रम सञ्चालन गर्न आवश्यक हुने पूर्वाधारलाई थप विस्तार तथा व्यवस्थापन गरिँदै लगिने उल्लेख छ ।

छलफलमा उपकुलपति प्राडा साहले एमबिबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमतिका लागि आवश्यक कागजातहरु पठाइसकेको जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमबिबीएस कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्री सहमत हुनुभएको छ र कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।”

मुख्यमन्त्री सिंहले भौतिक संरचनालगायत कामका लागि आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्ने आश्वासन पनि दिनुभएको उपकुलपति प्राडा साहले जानकारी दिनुभयो । रासस