२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो



अ+ अ-

एजेन्सी । बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को रिलिज मिति सारिएको छ । फिल्म सुरुमा अगस्ट १५ मा हलमा रिलिज हुने तय भएको थियो । तर पछिल्लो रिपोर्ट अनुसार यो दिन फिल्म रिलिज हुने छैन ।

प्राप्त जानकारीका अनुसार फिल्मको केही भागको छायांकन हुन बाँकी रहेकोले छायांकन हुन एक महिना लाग्न सक्छ । निर्माण पक्षले जुलाईको अन्त्यसम्ममा यसको छायांकन सक्नेछ । त्यसपछि पोस्ट–प्रोडक्सनको काम सुरु हुनेछ ।

यद्यपि, रिलिज मिति परिवर्तनको बारेमा निर्माताहरूले आधिकारिक घोषणा गर्न बाँकी छ । योसँगै फिल्म कुन मितिमा रिलिज हुने भन्ने बारे पनि कुनै जानकारी आएको छैन ।

गत बुधबार ट्रेड एक्सपर्ट तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै अक्षय कुमारको फिल्म ‘खेल खेल मे’ १५ अगस्टमा रिलिज हुने तयारी भएको जानकारी दिएका थिए । यो चलचित्रलाई मुदस्सर अजिजले निर्देशन गर्दैछन् । फिल्ममा अक्षय बाहेक फरदीन खान, वाणी कपूर, तापसी पन्नु जस्ता कलाकारहरु देखिनेछन् ।

२०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बन्यो । सबै संस्करणहरू सहित, यो फिल्मले लाइफ टाइम इन्डियामा ३१३ करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गर्‍यो । सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा यो छैठौं नम्बरमा छ ।