२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने



file
अ+ अ-

काठमाडौँ । जनता जनता समाजवादी पार्टी (जसपा) नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले शपथ ग्रहण गरेका छन् ।

पार्टीको प्रथम महाधिवेशनबाट सर्वसम्मत चयन भएका यादवले बिहीबार अध्यक्ष पदमा शपथ लिएका हुन् ।

नवनिर्वाचित अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिहरूलाई भेलालाई सम्बोधन गर्दै अन्य पदमा पनि सहमतिमै टुङ्ग्याउने घोषणा गरेका छन् ।

महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टीको २०१ केन्द्रीय सदस्य र २० पदाधिकारीका लागि ३७२ उम्मेदवारी परेको थियो । तर, अन्तिममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

चुनावमा गए सक्षम, समावेशी र क्रियाशील टिम नबन्ने भन्दै अध्यक्ष यादवले सहमतिमा टिम बनाउने बताए । ‘सबैलाई समेट्न हामीलाई चुनौती छ । हाम्रो हिमाल, पहाड र तराईरमधेशका सबैको छ । त्यसैले जनजाति र खस-आर्यलाई पनि समेटेर टिम बनाउँनुछ ’,उनले भने ।