२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश



अ+ अ-

काठमाडौँ । अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ । टोलीले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै सुपर–८ को टिकट काटेको हो ।

अफगानिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी १९.५ ओभरमा ९५ रनमा अलआउट भयो ।

फजलहक फारुकीले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए । जवाफमा अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पछ्यायो । गुलबदिन नाइबले ४९ रनको अविजित इनिङ्स खेले । यस्तै, मोहम्मद नाबी १६ रनमा अविजित रहे भने अजमातुल्लाह ओमारजाईले १३ तथा रहमानुल्लाह गुरबाजले ११ रन जोडे ।

पावरप्लेमा पपुवा न्युगिनीले ५ विकेट गुमाएर मात्र ३० रन बनाएको थियो । यसपछि चाड सोपर र किपलिङ डोरिगाले इनिङ्स सम्हाल्ने प्रयास गरे । तर, चाड सोपर १० औं ओभरमा नूर अहमदबाट रनआउट भए ।

एली नाउ र डोरिगाबीच आठौं विकेटका लागि सर्वाधिक ३८ रनको साझेदारी भयो । यो साझेदारी नूर अहमदले तोडेका थिए । उनले डोरिगालाई २७ रनमा एलबीडब्लू गरे । टोलीले १९ दशमलव ५ ओभरमा ९५ रन मात्रै बनाउन सकेको थियो । टोलीका ४ ब्याट्सम्यान रनआउट भए । फारुकीले ४ विकेट लिए । नविन उल हकले २ विकेट लिए । जबकि नूर अहमदले एक सफलता हात पारे ।

यस समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिजले सुपर ८ को यात्रा तय गरे भने पिएनजी, युगान्डा र न्युजिल्यान्डको यात्रा समूह चरणबाटै सकियो ।