२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा अत्याचार बढेको छ: सांसद पाण्डे



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद विक्रम पाण्डेले देशमा अत्याचार बढेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल सुनको कचौरा लिएर भिख मागेर बस्नुपर्ने स्थिति आएको र यो स्थिति नेपालका राजनीतिक दलहरुले बनाएको बताउनु भयो । उहाँले सही काम गरेर ठूलो उद्योग चलाएर बस्नेहरु बेरुजुमा पर्ने र बाहिर बसेर व्यापार गर्नेहरुमा महालेखा परीक्षक अनुसन्धानका लागि जान नसक्ने स्थिति रहेको बताउनु भयो । उहाँले देशमा बसेर काम गर्छु भन्नेहरुलाई देशमा गरेर खाने वातावरण नरहेको बताउनु भयो । उहाँले देशमा सही र सत्य कुरा बिक्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सुनको कचौरा लिएर भिख मागेर बसेका छौँ । जसले सही काम गरेर ठूलो उद्योग चलाएर बसको छ, सबैजसो बेरुजुमा पर्दछन् । जसले त्यो भन्दा बाहिर बसेर बिजनेस गरेको छ । तपाईंहरुको बेरुजुले कहिले पनि भेट्न नसक्ने गरेर रुजुमा परिरहेका छन् । त्यो ठाउँमा तपाईंहरु छिर्न सक्नुहुन्छ ? अन्यायाको पनि पराकाष्ठा हुन्छ । अत्याचार भएको छ देशमा । जे सुकै होस् यो देशमा काम गर्छु भनेर बस्नेहरु यो देशमा काम गरेर खानसक्ने अवस्था छैन । जो एउटा सही तरिकाले राजनीति गर्छु भनेर हिँडेको छ, त्यसले राजनीति गर्नसक्ने अवस्था छैन । जसले सही तरिकाले काम गर्छु भनेर राष्ट्रसेवक कर्मचारी भएको छ, त्यो जागिर भोलि खुस्किन सक्छ । यहाँ सही र सत्य कुरा बिक्ने अवस्था छैन ।’

सांसद पाण्डेले देश राजनीतिक दलहरुले बिगारेको बताउनु भयो । उहाँले देशका सबै समस्याको समाधानका लागि देश बनाउन र बन्नको लागि अन्तिम परिवर्तनको आवश्यकता रहेको बताउनु भयो ।