२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको हो ।

उहाँले अन्य कर्मचारीहरुले नियमानुसारको अतिरिक्त समय काम गरेको भत्ता पाइरहेको भएपनि संसदका कर्मचारीहरुले नपाएको भन्दै संसदका कर्मचारीहरुमाथि अन्याय भएको बताउनु भयो । उहाँले संसदमा सांसदहरुका लागि पढ्न राखिने अखबारहरुमा समेत कटौती भएको भन्दै मुलुकको आर्थिक अवस्था सांसदहरुको अखबारमा कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जुन सुविधा अरु कर्मचारीले पाएका छैनन् । त्यो सुविधा संसदको कर्मचारीहरुले पनि पाउनुपर्छ भन्ने मेरो भनाई पनि छैन । तर जे सुविधा अरु मन्त्रालयका कर्मचारीहरुले पाएका छन्, त्यो सुविधा संसद सचिवालयका कर्मचारीहरुले नपाउने कुरा चाहीँ हुँदैन । उहाँहरुले कोभिड यता उहाँहरुले ओभरटाइम गरेको कुनैपनि भत्ता पाउनुभएको छैन । हिजोको मागिराख्नु भएको छैन । नियम, कानुन अनुसारको भत्ता अहिले पनि नपाउने भन्नेकुरा त अन्याय भयो नि । त्यो अर्थ मन्त्रालयका कर्मचारीले पाउने । अन्तका कर्मचारीले पाउने । संसदका कर्मचारीले चाहीँ किन नपाउने ? आज यहाँ देखिरहेका छौँ, सभामुखज्यूलाई सहयोग गर्न बस्नुपर्ने कर्मचारीहरु सबै हुनुहुन्न । वहाँ बाहिर धर्नामा हुनुहुन्छ । संसदभित्र यो दृश्य उपस्थित हुनु आफैँमा दु:खद् हो कि होइन । ६, ७ महिना अगाडी जति अखबार सांसदहरुलाई पढ्न भनेर त्यहाँ राखिन्थ्यो, महत्वपूर्ण कतिपय अखबारहरु कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरुलाई दिइने पत्रिका पनि कटौती गर्ने अवस्थामा पुगेको हो र ? म सरकारलाई आग्रह गर्छु, नियमले दिने सुविधाहरु, भत्ताहरु अहिले कटौती गर्नु भएन । उनीहरुलाई अब त दिन थालियोस् ।’

सांसद पन्तले संसदलाई सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री जन्माउने संसदका कर्मचारीहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।