२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीम इन्डियाको मुख्य प्रशिक्षक बन्न गौतम गम्भीरले अन्तर्वार्ता दिँदै



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पुरुष भारतीय क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षकको खोजी गरिरहेको छ । यसको दाबेदारको लागि पूर्व भारतीय ब्याट्सम्यान गौतम गम्भीरको उम्मेदवार दिईएका बताईएको छ। भारतीय मिडियाको अनुसार गम्भीर टीम ईन्डियाको मुख्य प्रशिक्षक बन्ने एक मात्र उम्मेदवार हुन् र आज उनको अन्तर्वार्ता हुने भएको छ।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार बीसीसीआईको क्रिकेट सल्लाहकार समिति (सीएसी) ले जूम कल मार्फत गौतम गंभीरको अन्तर्वार्ता लिनेछ। यस समितिमा अशोक मल्होत्रा, जतिन पराञ्जपे र सुलक्षणा नाइक रहेका छन् । यद्यपी यस सम्बन्धमा अहिलेसम्म आधिकारिक जानकारी भने आएको छैन ।

अहिले राहुल द्रविड भारतीय टोलीका मुख्य प्रशिक्षक छन् । द्रविडको कार्यकाल २०२४ को टी–२० विश्वकपपछि समाप्त हुनेछ । बीसीसीआईले मे १३ मा मुख्य प्रशिक्षकका लागि आवेदन फारम जारी गरेको थियो, जसको अन्तिम मिति मे २७ थियो। राहुल द्रविडले फेरि टिम इन्डियाको मुख्य प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छैनन् ।

गम्भीरले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी–२० खेल खेले। टेष्टका १०४ इनिङ्समा उनले ४१.९५ को औसतमा ४१५४ रन बनाए, जसमा ९ शतक र २२ अर्धशतक समावेश छ। यसबाहेक एकदिवसीयका १४३ इनिङ्समा उनले ३९्६८ को औसतमा ५२३८ रन बनाए, जसमा ११ शतक र ३४ अर्धशतक समावेश छ। टी२० अन्तर्राष्ट्रियको बाँकी ३६ इनिङ्समा उनले २७.४१ को औसत र ११९.०२ को स्ट्राइक रेटमा ९३२ रन बनाएका छन्, जसमा ७ अर्धशतक समावेश छ।

गम्भीरले २०२४ को आईपीएलमा कोलकाता नाइट राइडर्सका लागि मेन्टरको भूमिका खेलेका थिए। उनी टीम इन्डियाको कोच बनेको खण्डमा केकेआरसँगको सम्बन्ध अन्त्य गर्नुपर्नेछ ।




भर्खरै