काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुु¥याउने गरी सडकमा नाराबाजी भएकामा आपत्ति जनाउनुभएको छ । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानून र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने प्रयास भएको जनाउँदै राजनीतिक दल र समूहलाई जिम्मेवाररुपमा प्रस्तुत हुन अनुरोध गर्नुभयो ।
राजनीतिक दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताउँदै सरकारका प्रवक्ता गुरुङले भन्नुभयो, “विनाराजनीतिक एजेन्डा राजनीतिक दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्, तिनीहरुले निर्वाचन भएरै छाड्छ भन्ने मनोविज्ञान जनतालाई दिन नै आन्दोलन गरिरहेका हुन् ।”
मुलुक निर्वाचनमा गइसकेको जनाउँदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समुदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गर्नुभयो । उहाँले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता गुरुङले सरकारले संविधानअनुसार पूर्णअधिकारसहितको कार्य गरिरहेकाले कर्मचारी तथा कुनै पनि वर्ग, समुदायलाई सरकारको कामकारवाहीप्रति भ्रममा नपर्न अनुरोध गर्नुभयो ।
मन्त्रीपरिषद्को निर्णय
सरकारले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाको लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ । रोल …
शुक्रबार मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाको लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने अमेरिकि डलर १ सय ५६ मिलियन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी मन्त्रीपरिषद्को बैठकले कर्णाली क्षेत्रका केही जिल्लामा सञ्चालनमा रहेको बाल पोषण संरक्षण अनुदान कार्यक्रम रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुमपूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलबस्तु गरी ११ जिल्लामा थप गर्ने निर्णय पनि गरेको छ । मन्त्री परिषदको बैठकले सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ । बैठकले प्राइभेट फर्म रजिष्टे«शन(तेह्रौ संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो ।
मन्त्री परिषद् बैठकले संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने अथवा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउने सम्बन्धी कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समितिको निर्णय अनुमोदन गरेको पनि मन्त्री गुरुङले बताउनुभयो ।












