३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाईरसबाट थप ८ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसंगै कुल कोरोना मृतकको संख्या १८६४ पुगेको छ। त्यस्तै आज मात्रै कोरोना संक्रमणलाई जितेर ७४८ जना आफ्नो घर फर्केका छन् ।

यो संगै कोरोना जित्नेको कुल संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

शुक्रवार देशभर ५ हजार २ स २५ जनामा पिसिआर परीक्षण गरिएको थियो ।