२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै



अ+ अ-

काठमाडौँ । नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।

बुधवार काठमाडौंमा लागुऔषध दुव्र्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ नेपालले सो जानकारी गराएको हो ।

रिकभरिङ नेपाल लागुऔषध प्रयोगकर्ताहरु र लागुऔषधको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको राष्ट्रिय स्तरको महासंघको अन्तरक्रिया कार्यक्रममा गृह मन्त्रालयको प्रतिवेदनलाई आधार मानेर प्रश्तुती दिइएको थियो । गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका थिए । कुल लागुऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला प्रयोगकर्ता पाइएको बताइएको छ । प्रयोगकर्ताहरुमध्ये पनि ६९ प्रीतशत अर्थात ९० हजार भन्दा बढी प्रयोगकर्ताहरु सुईद्वारा लागुऔषध प्रयोग गरेको पाइएको तथ्यांक छ ।

सर्वेक्षणले नेपालमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन ग्ूणाले बढेको र देखाएको छ । लागुऔषध प्रयोग कर्ताहरु दिन प्रतिदित बढ्दै जानुले नेपाली समाजमा थप चिन्ता पैदा गरेको रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक राजु जोशीले बताउनु भयो । उहाँले लागुऔषधको प्रयोगकर्ता, व्यापारी वा क्राइमलाई एकै ठाउँमा राखेर नहेर्न सुझाव दिनुभयो । उहाँले कुनैपनि लागुपदार्थ प्रयोगकर्ताले जीवनभर खान्छु र क्राइम गर्दछु भनेर सेवन नगर्ने भन्दै सामाजिक, मनोसामाजिक परिस्थितिबाट सेवन गर्ने गरेको बताउनु भयो । उहाँले एउटा लागुऔषध प्रयोग कर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पुर्‍यायो भन्ने हिसावले सरकारले साच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लागुऔषधको प्रयोगकर्ता, व्यापारी वा क्राइमलाई एकै ठाउँमा राखेर हेरिन्छ । कुनैपनि लागुपदार्थ प्रयोगकर्ता साथीहरुले जीवनभर खान्छु, म क्राइम गर्छु, म हार्म गर्छु भनेर कसैले प्रयोग गर्दैन । केही सर्टेन अवस्था हुन्छ, विभिन्न सामाजिक, घरको वातावरण, आफ्नो मनोसामाजिक चिन्ता विविध पक्ष छन् । एउटा लागुऔषध प्रयोग कर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पुर्‍यायो भनेर राज्यले कहिल्यै सोचेन ।’

उहाँले नेपालमा अधिकांश (७५ प्रतिशत भन्दा बढी) प्रयोगकर्ताहरु १५ देखि २४ वर्ष उमेर समूहका रहेको बताउनु भयो । उनीहरुलाई फौजदारी मुद्दा वा दण्डको सट्टा तथ्यमा आधारित उपचार सेवाहरुको पहुँच प्रदान गर्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै