३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा ४२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



अ+ अ-

काठमाडौं । शुक्रबार बिहान रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–८ की ४२ वर्षीया महिलाको आज बिहान ११ः४५ बजे मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनीमा ५ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरोका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई १० पुसमा अस्पताल भर्ना गरिएको थियो ।