२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी



representative image
अ+ अ-

एजेन्सी । रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रूसी अधिकारीले शुक्रबार बताएका छन् ।

रूसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ब्ल्याक सी क्षेत्रमा ७० ड्रोन, क्रास्नोडार क्षेत्रमा ४३ ड्रोन र भोल्गोग्राडमा एक ड्रोनलाई रोकेर नष्ट गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

क्रास्नोडारमा, युज्नी रेल स्टेशन नजिकैको सैन्य सुविधामा ड्रोन प्रहार गर्दा पानी तातो पार्ने स्टेशनका एक कर्मचारीको मृत्यु भएको क्रास्नोडार क्षेत्रीय गभर्नर वेन्यामिन कोन्ड्रातयेभले टेलिग्राममा बताउनुभयो ।

दुई वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणसँग लडिरहेको युक्रेनले हालैका महिनामा ऊर्जास्थलहरूलाई लक्षित गर्दै रूसी क्षेत्रमा आक्रमण बढाएको छ ।

युक्रेनको ऊर्जा पूर्वाधारमा लक्षित रूसी मिसाइल र ड्रोन आक्रमणले देशको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाएको किएभलाई युरोपेली सङ्घबाट बिजुली आयात गर्न बाध्य पारेको छ ।




भर्खरै