२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे तथा वनजंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र



अ+ अ-

काठमाडौँ । चुरे तथा वनजंगल संरक्षण अभियानले वनजंगल तथा चुरे एवं वनजंगल संरक्षण लगायतका माग राख्दै मधेस प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

अभियानका संयोजक सुनिल यादवको अगुवाईमा पुगेका अभियान्ताहरुले विभिन्न माग राख्दै शुक्रवार मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियान विगत ७ वर्षदेखि निरन्तर धर्ना, जुलुस प्रदर्शन, आमरण अनसन, पैदल यात्रा लगायतका संघर्ष र आन्दोलनका कार्यक्रमहरु गर्दै आएपनि प्रदेश सरकार तथा संघ सरकारले आफूहरुको मागप्रति बेवास्ता गर्दै आएकाले मुख्यमन्त्रीलाई फेरि ज्ञापन पत्र बुझाएको संयोजक यादवले बताउनु भयो ।

अभियानले संघीय सरकारद्वारा ल्याईएको ढुङ्गा, गिटी र बालुवा विदेश निकासी गर्ने विद्येयक तत्काल खारेज गरी अतिक्रमणमा परेको चुरे वन क्षेत्रको जग्गा खाली गराईनु पर्ने, भूमी आयोग गठन गरी दलित भूमीहिन तथा सुकुम्वासीहरुलाई भूमीको व्यवस्था गरी नेपाललाई भूमीहिन मुक्त राष्ट्र घोषणा गरियोस्, चुरे क्षेत्र भित्रका नदी नालाहरुबाट अवैध निकासी हुने ढुङ्गा, गिटी, बालुवा र क्रसर उद्योग तत्काल बन्द गरियोस् तथा यस्ता कार्यहरुमा संलग्नहरु माथि कडा कारवाही गरियोस्, ओम प्रकाश भनिने दीलिप महतोलाई प्रथम पर्यावरण शहिद घोषणा गरियोस्, मधेस प्रदेशको वन तथा वातारण मन्त्रालयद्वारा आर्थिक वर्ष २०७९/०८० को विभिन्न योजनामा सरुवामा भएको भ्रष्टचार र आ.व. २०८०/०८१ मा वन तथा वातावरण मन्त्रालयद्वारा भएको आर्थिक चलखेलको सत्य तथ्य छानविन गरियोस् लगायतका माग राख्दै आएका छन् । मारुती सिमेन्ट प्रा.लि.ले अतिक्रमण गरेको वन बुटेनको जग्गा डिभिजन वन कार्यालय सिरहाको मिति २०८००७१२ को निर्णयले खारेज गरी पठाएकोमा वन ऐन, २०७६ को दफा ७ बमोजिम ७ दिन भित्र मालपोत कार्यालयले लगतकट्टा गर्नु पर्ने भन्ने कानूनी व्यवस्था हुँदा हुँदै मालपोत, सिरहाको कार्यालय ले सो कार्य प्रमुख हालसम्म नगरेको हुनाले निज मालपोत हाकिमलाई कारबाही गरियोस लगायतका मागहरु राखेका छन् ।

अभियानीहरुको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सतिश सिंहले प्रदेश सरकार चुरे अभियानीहरुको माग प्रति साकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

आफूले पटक पटक वन संरक्षणका लागि सदनमा आवाज उठाउँदै आईरहेको स्मरण गर्दै मुख्यमन्त्री सिंहले अब आफैँ मुख्यमन्त्री भएपछि यो विषयमा गम्भिर भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




भर्खरै