२३ असार २०८३, मंगलवार
,
Latest
सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बामदेब गौतम पार्टी एकता अभियान सञ्चालन गर्दै, दबाबका लागि कार्यकर्तालाई आब्हान



अ+ अ-

काठमाडौ ।  औपचारिक रुपमा बिभाजन भइनसकेको पार्टी नेकपाका उपाध्यक्ष बामदेब गौतमले पार्टी एकता अभियान सञ्चालन गर्न लाग्नु भएको छ । हालसम्म ओली तथा नेपाल –दाहाल खेमामा नजानु भएका नेता गौतमले कानूनले नेकपालाई बिभाजन हुन नदिने भन्दै एकता समिति अभियान  गठन गर्न लाग्नु भएको हो ।

आगामी साता समिति घोषणा गर्ने र दुबै तीर छलफल चलाउने योजनानामा गौतम रहनु भएको उहानिकट नेताले जनाएका छन् । पार्टीभित्र बिवाद हुदा सुरुमा पुष्पकमल दाहाल तथा माधब कुमार नेपाल समुहका देखिनु भएका गौतम पछिल्ला दिनमा भने दुबै समुहमा देखिनु भएको छैन ।

सबिधानको सर्बोच्चता र कानूती राज्य मान्ने प्रतिबद्धता गरेको अबस्था नेकपा बिभाजन हुन नसक्ने भन्दै नेता गौतमले कानून पनि मान्ने पाटी पनि बिभाजन गर्ने  कुरा जायज नहुने दृष्टिकोण बनाउनु भएको छ । नेकपाका कार्यकर्ताहरुलाइ पार्टी एकतका लागि जनदवाब  सृजना गर्नका लागि आब्हान गर्ने तयारीमा रहनु भएका नेता गौतमले दबाब आन्दोलनले पार्टी  एक नभए इतिहासले सबैलाई धिक्कार्ने छ भन्दै अभियानलाई तिब्रता दिन लाग्नु भएको हो ।