२३ असार २०८३, मंगलवार
,
Latest
सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ बाट विकास निर्माण लगायतका कामहरु ओझेमा परे : मन्त्री ढकाल



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गर्नुभएको छ । 

बिहीबार नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ढकालले कोभिडबाट मानव जीवन जोगाउन सरकारको ध्यान केन्द्रीत हुँदा विकास निर्माण, पर्यटन लगायतका क्षेत्रका कार्यक्रमहरु कार्यान्वन गर्न नसकिएको बताउनुभएको हो । कोभिडको कारण पर्यटन वर्ष २०२० स्थगित गर्नु परेको र यसले पर्यटन क्षेत्रमा ठूलो क्षति निम्त्याएको पनि बताउनुभयो । कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्रको विकासका लागि सरकारले गर्न सक्ने कामहरु गर्न मन्त्रालय प्रतिवद्ध रहेको पनि बताउनुभयो । सरकारले पर्यटन जीवनलाई पनि माथि उकास्न आगामी दिनमा गर्न सक्ने कार्यहरुलाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजाने पनि मन्त्री ढकालले बताउनुभयो ।

पछिल्लो समय बेलायतबाट फैलिएको कोरोना संक्रमणको नयाँ स्वरुपका कारण केही देशबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द गरिएको समेत पर्यटन मन्त्री ढकालले बताउनुभयो । मानिसको जीवन बचाउने कुरा नै पहिलो प्राथमिकता भएकाले सरकारले त्यसै अनुरुप काम गरिरहेको बताउनुभयो ।