२३ असार २०८३, मंगलवार
,
Latest
आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुन्छ: मुख्यमन्त्री पौडेल



file
अ+ अ-

वाग्मती । वाग्मती प्रदेश सरकारले  प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ ।  अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध  कारखाना स्थापना गर्न लागिएको हो । 

मुख्यमन्त्री डोरमणि पौडेलले कारखानाकोे आज शिलान्यास गर्दै उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कारखाना सञ्चालनमा आएपछि सडकमा दूध  पोख्नुपर्ने अवस्था अन्त्य हुने र प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको  बताउनुभयो । 

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ भन्नुभयो ।