२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज, भोलिमै संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौं: कानूनमन्त्री गिरी



अ+ अ-

काठमाडौँ । संघीय संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो । संसद भवनमा आईतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनमन्त्री गिरीले प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको र बैठकले संघीय संसदका कर्मचारीहरुको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो । उहाँले आज भोलिमै यथोचित मागहरु वार्ताबाट सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्युको कार्यकक्षमा सम्माननीय सभामुखज्यु, सम्माननीय राष्ट्रिय सभाको अध्यक्षज्यु, अर्थमन्त्रीसहित हामी बैठक बस्यौँ । संघीय संसदका कर्मचारीहरुले जुन माग उठाएर सेवा सुविधानको विषयलाई लिएर आन्दोलन गर्नुभएको छ । उहाँहरुको मागलाई सम्बोधन गरेर संसदलाई पनि सुचारु गरेर लैजान सन्दर्भमा मैले संयोजन गर्नेगरी संयोजन समिति बनेको छ । त्यसले आजबाट काम शुरु गर्दछ । आज भोलिमै यो विषय टुंग्याउँछौँ । माग सुन्छौँ र माग सम्बोधन गर्न के सकिन्छ छलफल गरी यथोचित सम्बोधन हुनेछ ।’

नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौडेलले संघीय संसदका कर्मचारीहरुले जायज माग उठाएर आन्दोलन गर्नुभएको भन्दै माग सम्बोधन तत्काल हुनुपर्ने बताउनु भयो । उहाँले कर्मचारीका जायज मागहरु संसद सचिवालय र राज्यले सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

यता, संसद सचिवालयका कर्मचारीहरुले भने बिरोध प्रदर्शन जारी राखेका छन् । संसद भवन परिसरमा हातमा कालो पट्टी बाँधेर र विभिन्न प्लेकार्डहरु बोकेर बिरोध प्रदर्शन गरेका हुन् । संसद सचिवालयका कर्मचारीहरुले विगत केही दिन यता अतिरिक्त समयमा गरेको कामको पारिश्रमीक पाउनुपर्ने मागसहित ११ बुँदे माग राखि बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद भ्वन परिसरमै बिरोध जनाएका थिए । कर्मचारीहरुले संसद भवनमा धर्ना दिएसँगै ११ बजे शुरु हुने भनिएको प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन ।




भर्खरै