२३ असार २०८३, मंगलवार
,
Latest
आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार दुई प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

कञ्चनपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
 
उहाँका अनुसार लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ । 

अवैध काठसहित अटोरिक्सा चालक पक्राउ
 
भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया (७ दशमलव ३९क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको हो ।

अटोरिक्सामा काठसहित पक्राउ परेका सार्कीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।