२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो साता एसईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो साताभित्र २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । अब रुजु र प्रोसेसिङको काम मात्र बाँकी रहेको उनले बताए । यो काम टुङ्गिएपछि सिस्टममा इन्टी गर्ने उनले बताए । करिब ३ दिनको हाराहारीमा सबै काम सकिनेपौडेलले जानकारी दिए ।

बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा प्रकाशन गर्न लागेको छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनुपर्ने छ । त्योभन्दा कम आएमा नट ग्रेडेड (एनजी ) लेखिने छ । एनजी आएका विद्यार्थीले पुन: ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए ।