३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम पुर्वानुमानः हेर्नुहोस् आज र भोलीको मौसम !



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसैगरी, अहिले देशभरका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

आगामी दुईदिनको मौसम पूर्वानुमानः

पौष १६ गते (बिहीबार)

दिउँसोः  प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य  बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश १ मा आंशिक बदली, सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

पौष १७ गते (शुक्रबार)

दिउँसोः प्रदेश १ र  सुदूरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः  प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।