२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जितासँग रेशमका गुनासै गुनासा, भन्छन्– नाउपाको जात, लिंग र वर्ण नै रञ्जितालाई थाहा छैन



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठप्रति गुनासै गुनासा गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजिनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशमले रञ्जिताको पार्टी सञ्चालन विधिप्रति असन्तुष्टि जनाएका हुन् । उनले भनेका छन्– ‘मैले नै राजनीतिमा डोहोर्‍याएर ल्याएको मान्छेले अहिले मलाई नै अप्ठ्रायो पार्ने काम भयो’, उनले अगाडि भनेका छन्– ‘रञ्जिताले पार्टी सञ्चालन गर्न जानिनन् ।’

नागरिक उन्मुक्ति पार्टीको जात, लिंग र वर्ण रञ्जितालाई थाहै नभएको दाबी उनले गरेका छन् । उनले सत्ता लिप्साको दलदलले रञ्जितालाई डुवाउन सक्ने भविष्यवाणिसमेत गरेका छन् ।

रेशमले आफ्नो अन्तरवार्तामा नयाँ राजनीतिक दल गठनको समेत संकेत गरेका छन् । निर्वाचन आयोगप्रति गुनासै गुसाना गरेका उनले एउटा बच्चा जन्माउने आमाले अर्को बच्चा जन्माउन सक्छ भन्दै उनले नयाँ राजनीतिक दलसमेत गठन गर्न सक्ने संकेत गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकार संविधान विपरितको रहेको तर्क उनको छ । उनले ३० जनाको विश्वासको मत लिएर प्रदेश प्रमुखसमक्ष पुगेका लक्ष्मण चौधरीलाई सत्ता बाहिर राखेर २४ जनाको समर्थन लिएर गएका दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाइएको आपत्ति जनाएका हुन् ।