३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरको चिसो भुइँमा बसेर रमिता देखाउनुभन्दा चुनावको तयारीमा लाग्न ओलीको सुझाब (भिडियो सहित )



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहालसँग पटक पटक सहमति गर्दा भएका सम्झौतापत्रहरुले एउटा ब्रिफकेस नै भरिएको तर सहमति कार्यान्वयन हुन नसकेको बताएका छन् । 

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले  पार्टीलाई एक ढिक्का राख्न धेरै नै पहल गरेको भएपनि जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा प्रचण्डले नै पुर्याएको दाबी गरे । 

सहकर्मी दाहालप्रति निकै आक्रामक रहेका ओलीले भने, मैले मित्रताले अँगालो हाँले उहाँले धृतराष्ट्रले जसरी हाल्नुभयो । एकता त पार्टी कब्जा गर्ने र हत्याउने अस्त्र मात्र रहेछ । 

अध्यक्ष ओलीले आफूले मरे पनि नेपाल र दाहालको आकाँक्षा पुरा हुन नदिने भन्दै माइतीघरको चिसो भुइँमा बसेर रमिता  देखाउनुभन्दा निर्वाचनको तयारीमा लाग्न सुझाब दिएका थिए ।