२३ असार २०८३, मंगलवार
,
Latest
आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न मन्त्री गुरुङको आग्रह



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तमुहरुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न देशविदेशमा रहेका गुरुङ समुदायलाई आग्रह गर्नुभएको छ ।  तमु समुदायको मुख्य पर्व तमू ल्होसारका अवसरमा तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उहाँले ल्होसार पर्वले समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो । 

गुरुङ समुदायले भव्य रुपमा विगतका वर्षमा टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी भेटघाट गर्ने, रमाइलो गर्ने गरे पनि यस वर्ष कोरोना भाइरसका कारण त्यसरी मनाउन नपाइए पनि भिडियोमार्फत शुभकामना दिने र भेटघाट गर्ने अवसर मिलेकामा आयोजकप्रति नेपाल सरकारका प्रवक्ता गुरुङले धन्यवाद दिनुभयो ।

देशका विभिन्न भूभागमा रहेका गुरुङ समुदायले आज नयाँ वर्षको स्वागतसहित तमु ल्होसार पर्व विभिन्न कार्यक्रम गर्दै मनाइरहेका छन् ।