२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । 
उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छेन । प्रहरीले उनीहरुको कारबाहीका क्रममा ज्यान गएको बताएको छ । 

यहाँका अधिकारीहरुले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो शहरमा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन भएका बताइएको थियो । प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरु मारिएको जानकारी यहाँका अधिकारीहरुले मंगलबार जानकारी गराएका थिए । 

उक्त शहरमा रातिको समयमा बन्दुकधारीहरु लुट्नका लागि पनि आउने गरेका थिए । उनीहरुलाई नै लक्ष्य गरेर प्रहरीले सो सुरक्षा कारबाही चलाएको थियो । अबुजा शहर यहाँको कादुना राज्यमा पर्दछ । सो कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीका क्रममा मारिएकाहरुको पहिचानको खोजी भएको जानकारी दिनुभयो । 

ती लुटेराहरुको निकै नै आतंक रहेको भनिएका क्षेत्रहरुमा एम्बुस थापेर प्रहरी बसेको थियो । सो एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरुमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंंककारी समूहका व्यक्तिहरुको पनि बस्ती रहेकोले उनीहरुको खोजीका लागि पनि ठूलो संख्यमा प्रहरी परिचालन गर्ने गरिएको छ ।