काठमाडौंँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० बढेको छ । मंगलबार रु ८०० ले ओरालो लागेको सुनको मूल्य आज केही बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार २०० निर्धारण भएकाे छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ७०० मा काराेबार भइरहेकाे छ । तेजाबी सुन पनि प्रतितोला रु १०० ले बढेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले बढेको छ । प्रतितोला रु एक हजार ३०० मा कारोवार भएको चाँदी भने एक हजार ३०५ मूल्य निर्धारण भएको छ ।







