२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माकलबारीको १०औँ साधारणसभा सम्पन्न



अ+ अ-

काठमाडौं । माकलबारी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणले संस्थाले ‘महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७’ तयार गरी पुस ११ देखि १४ गतेसम्म संस्थाको कार्यालयमै साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख पुण्यप्रसाद दाहालले सहकारीले राम्रो काम गरिरहेको भन्दै आगामी दिनमा पनि अझै आक्रामकरूपमा विस्तार हुन सुझाव दिनुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४ का वडा सदस्य जयराम महतले सहकारीले आगामी दिनमा थप चुस्त र स्तरीय सेवा दिनका लागि सेवाहरुको विस्तार गर्न सुझाव दिनुभयो । “सहकारी ऐन २०७७ ले कल्पना गरेको ‘एक व्यक्ति एक सदस्य’को अवधारणालाई पालन गर्दै माकलबारी बचत तथा ऋण सहकारी संस्था र उज्यालो संपद बचत तथा ऋण सहकारी संस्थाबीच हुदै गरेको एकीकरणको शुभकामना दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष उदय सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै हालसम्म संस्थामा रु तीन करोड २७ लाख ५५ हजार ५३ कारोबार भएको, शेयरपूँजी रु ४५ लाख ८८ हजार २०० रहेको र ऋण लगानी रु दुई करोड १३ लाख ७६ हजार ९८७ रहेको जानकारी दिनुभयो ।