२३ असार २०८३, मंगलवार
,
Latest
आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक साढे पाँच अङ्कले बढ्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे पाँच अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्ला दिनमा झिनो अङ्कले उकालो लाग्दै आएको नेप्सेले आज पनि सोही गति समात्यो । नेप्से ५.५७ अङ्कले उकालो लागि दुई हजार १२.८९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१३ ले घटेर ३८२.४४ पुगेको छ । 

कूल २०९ कम्पनीका ८० लाख एक हजार ३१४ कित्ता शेयर रु चार अर्ब नौ करोड २२ लाख २७ हजार ८०२ मूल्यमा खरिदबिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । निर्जीवन बीमा ११.८५, उत्पादन १९५.९ अन्य ५०.०७ र लघुवित्त ११.३७ अङ्कले बढ्दा बैंकिङ ९.७, व्यापार ३.२२, होटल ४.५४, विकास बैंक १८.९५, वित्त २.१५, जीवन बीमा ७०.०२ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटेको छ । 

कारोवारका आधारमा नविल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ५३ करोड एक लाख ७७ हजार ९९० बराबरको कारोवार भयो । यस्तै शिवम् सिमेन्ट्सको रु २७ करोड ९३ लाख ८० हजार ६४२, ग्लोबल आइएमई बैंकको रु २३ करोड ५० लाख ८७ हजार ७०५, हिमालयन डिष्टिलरीको रु २० करोड आठ लाख १३ हजार १०४, नेपाल लाइफ इन्स्योरेन्सको रु १८ करोड ९८ लाख ३५ हजार १३७, नेपाल पुर्नबीमा कम्पनीको रु १८ करोड ७७ लाख ३८ हजार ५४७ र एनआइसी एसिया बैंकको रु १५ करोड छ लाख ५९ हजार १६७ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । 
    
नागरिक लगानी कोषका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाए । यस्तै नारायणी डेभलपमेन्ट बैंक ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ७.५०, शिवम् सिमेन्टस् ५.६७, हिमालय डिष्टिलरी ४.८६ र एसविएल डिबेञ्चर २०८२ का लगानीकर्ताले ३.९७ प्रतिशतले कमाएका छन् । यसैगरी मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले छ प्रतिशतले गुमाएका छन् । सेन्ट्रल फाइनान्स ४.०९, मितेरी डेभलपमेन्ट बैंक ३.८६, युनाइटेड इदिमर्दी हाइड्रोपावर ३.७७, राधी विद्युत् कम्पनी ३.५३ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाएका छन् ।