३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि प्रचण्ड–नेपाल पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षले दोस्रो चरणका शक्ति प्रदर्शन कार्यक्रम पुस १५ गते घोषणा गर्ने भएको छ । दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न भोलि नै उपलव्ध स्थायी समितिका सदस्यहरुको बैठक बोलाईएको छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा (प्रचण्ड–नेपाल) पक्षले सो विरोध कार्यक्रम गरेको हो । 

प्रवक्ता योगेश भट्टराईले १२ बजे स्थायी समिति सदस्य बैठक बसेर भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने र ३ बजे कार्यक्रम घोषणा गर्ने जानकारी दिए । नेकपाले ओली कदमका बिरुद्ध थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

आज मात्रै पनि पार्टी भित्रको अन्तरकलहको शिकार बनेको प्रतिनिधिशभा पुनस्थापनाको माग गर्दे नेकपा नेपाल– दाहाल समुहले देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेका थिए ।

 प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै नेकपा प्रचण्ड–नेपाल पक्षले निरन्तर विरोध गरिरहेका छन् । काठमाडौ उपत्यकामा तीनै वटा जिल्लाको संयोजन गरी प्रर्दशनीमार्ग स्थित भृकुटी मण्डपको मुल बाटो छकेर मञ्च बनाई विरोध कार्यक्रम गरेको थियो ।