३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता खनाललाई भेट्न डल्लु पुगे चिनियाँ टोली



अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीले नेता झलनाथ खनालसंग भेटवार्ता गरेको छ।  सोमबार अपरान्ह नेता खनाललाई भेट्न चिनियाँ टोली निवास डल्लु पुगेका हुन् । 

आजैमात्र चिनियाँ टोलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबिच छुट्टाछुट्टै भेट गरेको थियो। 

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएका हुन् । नेपाल आएकै दिन सो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।