काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली र नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेपाल र चिनियाँ टोलीबीच बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भएको हो । यसअघि सो टोलीले आइतबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । त्यसैगरी प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेको टोली लगत्तै बानेश्वरस्थित एभरेष्ट होटल पुगेको थियो ।
नेकपामा विवाद संसद विघटनपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो ।
भेटमा चिनियाँ पक्षले के विषयमा चासाे वा सराेकार राखेकाे थियाे भन्ने केही खुलेकाे छैन ।












