३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी सरकार बनाउन निर्वाचन – खानेपानी मन्त्री मणिचन्द्र थापा



अ+ अ-

काठमाडौ । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । कार्यभार सम्हाल्दै मन्त्री थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताउनुभयो ।

उहाँले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताउनुभयो ।  मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताउनुभयो । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्तरक्रियाबाट समाधान गर्न सकिनेमा जोड दिनुभयो ।