३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु



Symbolic Picture
अ+ अ-

गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको छ । बुटवलबाट समान लिएर तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा  ठक्कर दिँदा रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय  गुल्मीले जनाएको हो । 

उनीहरुको घटनास्थलमा नै ज्यान गएको हो । 

चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टकको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको  प्रहरीले जनाएको छ ।