३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली गणतन्त्र, संघीयताको विरोधी हुन् : अध्यक्ष नेपाल(भिडियो सहित )



अ+ अ-

काठमाडौं ।  नेकपा दाहाल-नेपाल पक्षकाअध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधी भएको बताएका छन् । 

शुक्रबार दाहाल-नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा बोल्दै  उनले तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको बताए ।

प्रधानमन्त्री ओली पार्टी कमिटीका बैठकबाट भाग्ने व्यक्ति भएको र त्यस्ता व्यक्ति तानाशाही हुने गरेको नेपालको भनाइ थियो । उनले ओलीसँग ४९ वर्षसँगको सहकार्य गर्दा उनमा अहंकार रहेको बताए ।

आधिकारीक पार्टी आफूहरू रहेको बताउँदै नेपालले त्यसका सबै सम्पति आफूहरूको हुने बताए । 'आधिकारीक पार्टी नेकपा हो । नेकपाको नाममा भएका जति पनि कार्यालय, सम्पत्ति छन् ती सबै हाम्रो हुनेछ । कसैका प्राइभेट कम्पनी छन् भने त्यो हामी लिँदैनौं । त्यो उतै रहोस् ।'