काठमाडौँ । शुक्रबार थप ६१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ५१० पीसीआर परिक्षणमा २३३ महिला र ३८० जना पुरुषसहित ६१३ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ७३९ जना निको भएर डिस्चार्ज भएसंगै निको हुनेको २ लाख ४७ हजार ४०० संख्या पुगेको छ । सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ३८४ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ९६ हजार २५० परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ ।
कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ जना पुगेको छ ।












