२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से २९.८३ अंकले घट्यो



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक २९.८३ अंकले घटेर  २ हजार ८३ दशमलव ६३ विन्दुमा पुगेको छ । पछिल्लो समयमा  बढेको बजारमा प्रोफिट बुक गर्न थालेसँगै आजको बजार घटेको हो। 

बिहिबार २०४ ओटा कम्पनीको ९८ लाख ६०हजार ५३६ कित्ता शेयर ४७ हजार ९७६ पटकमा रू. ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये ब्यापार समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत र होटल समूहको परिसूचक ४ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव शून्य ६ प्रतिशत घटेको छ । 

त्यसैगरी बिहिबार सोल्टी होटलको शेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ६७ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी दोस्रोमा ओरियण्टल होटलको शेयर मूल्य ५ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । 

बिहिबार सबैभन्दा बढी समृद्धि फाइनान्सका शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८ दशमलव ११ प्रतिशत घटेर रू. १३६ मा झरेको छ भने सार्वधिक कारोबार नबिल बैंकको भएको हो । उक्त कम्पनीको रू. ६१ करोड ४९ लाख ६५ हजारभन्दा बढीको शेयर खरीदविक्री भएको छ । 

कम्पनीले आर्कषक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयर कारोबार धेरै भएको हो । प्रतिकित्ता शेयर मूल्य रू. १ हजार ४२५ पुगेको छ । त्यसैगरी सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू. ५९ करोड ८१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो । 


 




भर्खरै