२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताइवानमा चंगाले ३ वर्षकी बालिकालाई सय फिट माथि उडाएपछी



अ+ अ-

ताइवानमा एक चंगा महात्सवमा तीन वर्षका एक बालिका चंगाको तल्लो भागमा बेरिएर चंगासँगै उडेर धेरै उचाइसम्म पुगेको तर ठुलो दुर्घटना हुनबाट भने बचेको बताइएको छ । चंगामा तल्लो झुन्डिएको पुच्छरको भागमा बेरिएकी ती बालिका सयफिट माथि पुगेकी थिइन् । यस क्रममा त्यहाँ जम्मा भएकाहरुले ती बालिकालाई बचाए । उक्त घटनाको भिडियो सामाजिक सन्जालमा ब्यापक भाइरल भएको छ ।

ताइवानको सिन्चु सहरमा चंगा उत्सवको आयोजना भइरहेको छ । ताइवानको कुनाकाप्चाबाट चंगा पारखीहरु आफनो क्षमता देखाउन यहाँ जम्मा भएको समाचारमा जनाइएको छ । आइतबार यसै भिडको बीचमा एक चंगा पारखीले गुलाफी रंगको ठुलो आकारको चंगा उडाइरहेको थियो । त्यही बेला चंगाको तलको भागमा ३ वर्षिया ती बच्ची अल्झिन पुगेको थियो ।

६० किलोमिटर प्रतिघन्टाको बेगमा चलेका हावाका कारण ती सानी नानीलाई सय फिट माथिसम्म उछालेको थियो ।यो घटना देखेर त्यहाँ उपस्थित सबै चकित परेका थिए । यस क्रममा ती सानी नानी हावामा ३० सेकेन्ड तलमाथि उछालिएकी थिइन् । उत्सवमा सहभागी हुन पुगेकाहरुले तत्काल सतर्कता देखाउँदै ती बालिकालाई बचाएका थिए । ती बच्चाको नाम लिन भएको बताइएको छ ।

यस घटनामा बालिकालाई सामान्य चोट मात्र लागेको बताइएको छ । सिन्चु सहरका एक अधिकारीले अकस्मात आएको तिब्र बेगको हावाका कारण चंगामा अल्झिन पुगेकी ती बालिका उड्न पुगेको बताए । यस घटना पछि स्थानिय प्रशासनले चंगा उत्सवका आयोजकलाई सकेसम्म चाँडो उत्सव सकाउन आदेश दिएको बताइएको छ ।