काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेकी छिन् । चिनियाँ राजदूत यान्छी प्रचण्ड’लाई भेट्न आज बिहान साढे नौ बजेतिर खुमलटार पुगेकी हुन् ।
राजदूत यान्छीले प्रचण्डसँग समसामयिक विषयमा २० मिनेट जति कुरा भएको थियो ।
यसअघि नेकपाका ओली र प्रचण्ड–माधव समूहले अलग–अलग केन्द्रीय समितिको बैठक बोलाएलगत्तै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।












