काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा तोलामा रु १०० रुपैयाँले बढेको छ । बिहीवार बजारमा छापावाल सुनको मुल्य ९४ हजार एक सय र तेजावी सुनको मुल्य ९३ हजार ६ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार कायम गरिएको थियो भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय निर्धारण गरिएको थियो । तर आज छापावाला र तेजाबी दुबै सुनमा रु १०० रुपैयाँ बढेको महासंघले जनाएको हो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको रु १२८० रहेको महासंघले जनाएको छ ।







