३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सशक्त आन्दोलनमा जाने तयारी



अ+ अ-

काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावनाका साथ आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकबाट प्रदर्शन सुरु गर्ने मिति तय हुने सम्भावना रहेको छ । तर संसद विघटनविरुद्ध आन्दोलन गर्ने सवालमा कांग्रेसभित्रै पनि फरक मत छ ।

सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतबाट फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् भने यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल सशक्त आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् ।