काठमाडाैंः सभामुख अग्नि सापकाेटाले नेपालकाे संविधानले प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेकाे बताउनु भएकाे छ ।
सभामुख सापकाेटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरी राष्ट्रपतिबाट समेत संसद विघटन भइसकेकाे सन्दर्भमा पहिलाे पटक वक्तव्य जारी गर्दै यस्ताे बताउनु भएकाे हाे ।
उहाँले वक्तव्यमा भन्नु भएकाे छ, नेपालकाे संविधान बमाेजिम पुस १७ गतेभित्र संघीय संसदकाे साताैं अधिवेशन शुरू गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रूपमा प्रतिनिधिसभामाथि अवराेध गरिएकामा सिंगाे संसद र मलाइ मर्माहत बनाएकाे छ ।
उहाँले अगाडि भन्नुभएकाे छ, संविधानकाे फरक व्याख्या नहाेस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियाेस् भन्ने मान्यता सहित संविधानमा त्यस्ताे व्यवस्था गरिएकाे हाे ।
सभामुख सापकाेटाले संविधानकाे रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारी जरूरी भएकाे जनाउँदै संवैधानिक सर्वाेच्चताका लागि संसदका सदस्यहरू, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, संचारजगत एवं सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्न आग्रह गर्नु भएकाे छ ।
सभामुख सापकाेटाले जारी गर्नु भएकाे वक्तव्य













