२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सँग “डरो ना”, दरो बनो



अ+ अ-

कोरोनाको नयाँ प्रजाती आयो रे । अब लगाउने खोपले यस प्रजातीबाट बचाउँछ कि बचाउँदैन अनेक छलफल हुँदैछ ।
कोरोनाले आकाश, धर्ती, समुद्रका अनेक रहस्य पत्ता लगाएको मानव मस्तिष्कलाई आच्छु–आच्छु पारिरहेको छ । 
यस्तो ‘खराब’ अवस्थामा कतिपय विज्ञ भन्छन्, ‘यदि हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति छ भने यो जीवाणुसँग हाम्रो शरीर लड्न सक्छ ।’
कोरोना को नयाँ प्रजाती आयो रे । अब लगाउने खोप्ले यस प्रजातीबाट बचाउँछ कि बचाउँदैन अनके छलफल हुँदैछ
औषधी र खोप बारे छलफल हुदाँ रोगसँग लड्ने क्षमता विकास गर्ने भनी किन कुराकानी नभएको ?
अनेक जिबाणुको लागि अनेक खोप बनाउने सम्भव छ र ?
त्यसकारण जनस्वास्थ्यको जनिफ्कारहरु पनि खोप सँग-सँगै जीवन शैली सुधार्ने सलाह मृत्यु नै रहेका छन् ।
हातमार्फत भाइरस सर्न सक्ने भएकाले पूर्वीय संस्कृति अनुसार हात मिलाउनुको सट्टा नमस्ते गर्ने चलन फेरि सुरु भएको छ । विभिन्न देशका नेताले एकअर्कोलाई भेट्दा हात नमिलाउनु, चुम्बन नगर्नु भनेका छन् ।
हेर्दा रमाइलो लाग्ने यी दृश्यले हाम्रो ‘नमस्ते’ संस्कृति विभिन्न रोगबाट बच्न बनाएको रहेछ भन्ने तथ्य उजागर गरेको छ । त्यसैगरी रोगसँग लड्नका लागि हाम्रा केही परम्परागत खानाले मद्दत गर्छ । तथ्यांकले कोरोना भाइरसको संक्रमितबाट पहिले नै विभिन्न किसिमका रोग लागिसकेका वृद्धहरू धेरै छन् भन्ने देखाउँछ । तथ्यांकमा संक्रमितमध्ये थोरै प्रतिशतको मात्र मृत्यु हुने देखिएको छ ।
केही वैज्ञानिक भन्छन्, ‘कोरोना भाइरसको कारणले असाध्यै आत्तिनुपर्ने स्थिति छैन ।’ रोगसँग लड्ने आन्तरिक शक्ति बलियो छ भने रुघाखोकी कम लाग्छ भन्ने सबैलाई थाहा छ । यही कुरा कोरोना भाइरसको सन्दर्भमा पनि लागू हुन्छ । रुघाखोकी लाग्ने वित्तिकै मृत्यु हुँदैन । तर रुघाखोकी जटिल भयो भने मृत्यु हुने सम्भावना बढ्छ । पर्याप्त निद्रा, पौष्टिक भोजन, शारीरिक सक्रियताले रोगसँग लड्ने शक्ति बढाउँछ । त्यसैले यिनै कुरामा बढी ध्यान दिनुपर्छ । मैले विहान कागतीको चियामा मरिच र अदुवाको धुलो मिसाएर बेसार पनि थप्न थालेको छु ।  चिनीको मात्रा कम गरेको छु ।
खानपिनमा ख्याल नगर्दा रोगसँग लड्ने शक्ति कम हुन्छ । कोरोना भाइरसको संक्रमणको जोखिम रोगसँग लड्ने शक्ति कम हुनेलाई बेसी हुन्छ । रोगसँग लड्नका लागि भिटामिन ‘सी’ले मद्दत गर्छ । 
हरेक घरमा कागती, आलस, गोलभेँडा आदिको प्रयोग गर्दा पर्याप्त मात्रामा भिटामिन ‘सी’ प्राप्त हुन्छ । त्यसैगरी बजारमा सहजै पाइने अम्बा, अमला लगायतका फलफूलले पनि शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ । पुदिना, बाबरी, तुलसी, हरियो धनियाँ पनि स्वाद र स्वास्थ्य दिने साधन हुन् ।
गेलभेँडा र टिमुरको अचारसँगको भात, रोटी र ढिँंडोले खाना पचाउँन र पेट सफा राख्न मद्दत गर्छ । पाचनतन्त्र स्वस्थ्य भए शरीरका अन्य अंग पनि स्वस्थ हुन्छ र रोगसँग लड्ने शक्ति बढ्छ ।
बालबालिकालाई गुलियो र ‘चिसो’ पेय पदार्थ दिएर खुसी पार्ने बुबाआमाले यस्तो ‘मायालु तरिका’ नअपनाएकै वेश ।