२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार पहिलो घण्टामा नेप्से परिसूचक ४२.९६ अंकले बढेर २ हजार १०४ दशमलव ३८ विन्दुमा



अ+ अ-

काठमाडौं । बुधबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४२ दशमलव ९६ अंकले बढेको छ । यस अवधिमा २ हजार ०९४ दशमलव २८ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव शून्य ८ प्रतिशतले बढेर २ हजार १०४ दशमलव ३८ विन्दुमा पुगेको छ ।   

पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १८ हजार १७४ पटकको कारोबारमा ३८ लाख ९ हजार ५४४ कित्ता शेयरको रू. २ अर्ब ७४ करोड ९८ लाख बराबरको खरीदविक्री भएको छ । कारोबारको पहिलो घण्टामा नबिल बैंक र समृद्धि फाइनान्सको शेयरमूल्यको क्रमशः ९ दशमलव ९७ र ९ दशमलव ६३ प्रतिशतले बढेको छ ।  

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८० करोड ८४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ५५९ मा कारोबार भइरहेको छ ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स र वित्त समूहको परिसूचक शून्य दशमलव ८५ र शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डसमूहको परिसूचक बढेको छ ।